२० असोज, विराटनगर । विराटनगरकी युवा नेतृ रक्षा यादवले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेकी छन् । नेपाल विद्यार्थी संघबाट राजनीति सुरु २३ वर्षीया यादवले ३५ वर्ष मुनिको युवा कोटामा उम्मेदवारी दर्ता गरेकी हुन् ।
नोबेल मेडिकल कलेजमा चिकित्साशास्त्र एमबीबीएस चौथो वर्षमा अध्ययनरत यादव १४औँ महाधिवेशनमा मोरङ क्षेत्र नम्बर ६ बाट प्रदेश प्रतिनिधि भएकी थिइन् । १५औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बनेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4