+
+
Shares

कांग्रेस महामन्त्रीमा शंकर तिवारीले दिए उम्मेदवारी

नेपाली कांग्रेसको महामन्त्री पदमा शंकर तिवारीले उम्मेदवारी दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २० गते १७:१५

नेपाली कांग्रेसको महामन्त्री पदमा शंकर तिवारीले उम्मेदवारी दिएका छन् । कांग्रेसको १५ औं महाधिवेशनमा मंगलबार भएको मनोनयनमा उनी महामन्त्री पदका उम्मेदवार भएका हुन् ।

वैचारिक आधार बोकेर महामन्त्रीको उम्मदेवारी दिएको तिवारीले बताएका छन् । उनले कांग्रेसलाई वैचारिक रुपमा समयसापेक्ष बनाउनका लागि पार्टीको नेतृत्वदायी पदमा उम्मेदवारी दिएको उल्लेख गरेका छन् ।

तिवारी नवलपुर–२ बाट महाधिवेशनका लागि प्रतिनिधि छनोट भएका छन् । तिवारी १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवार बनेका थिए । कांग्रेसमा एक महिलासहित तीन महामन्त्रीको व्यवस्था छ ।

कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?