२० असोज, खोटाङ । नेपाली कांग्रेस खोटाङका सह–सचिव सार्जन राई श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् ।
२०७८ साल मंसिरमा सम्पन्न कांग्रेसको सातौं जिल्ला अधिवेशनबाट सहसचिवमा निर्वाचित भएका राई असोज २० गते श्रम संस्कृति पार्टीमा प्रवेश गरेका हुन् ।
राईलाई जालपामा आयोजित कार्यक्रममा श्रम संस्कृति पार्टीका जिल्ला अध्यक्ष धनीराम नछुङले औपचारिक रुपमा पार्टीमा प्रवेश गराए ।
राई पछिल्लो समय कांग्रेसमा निस्क्रिया बसेका थिए । राईलाई गत फागुनमा सम्पन्न संविधानसभा सदस्य निर्वाचनमा भित्रभित्र श्रम संस्कृति पार्टीलाई भोट मागेको आरोप लागेको थियो । राईसहित जालपाका अन्य दलका कार्यकर्ता र शुभेच्छुकले पार्टी प्रवेश गरेको श्रम संस्कृति पार्टीका जिल्ला अध्यक्ष नछुङले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4