२० असोज, काठमाडौं । कांग्रेस नेतृ एवं उद्यमी विन्दु मल्ल ठकुरी (आस्था) ले पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी छन् । ठकुरीले खस आर्य महिलातर्फको कोटामा केन्द्रीय सदस्यका लागि आफ्नो उम्मेदवारी दर्ता गरेकी हुन् ।
ठकुरीले नेविसंघ र तरुण दलको केन्द्रीय समितिमा रहेर काम गरिसकेकी छन् । उनी १५ औं महाधिवेशन अन्तर्गत तनहुँ–२ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी हुन् ।
ठकुरी नेपाली जनसम्पर्क समिति, दक्षिण कोरियाकी पूर्वसभापति पनि हुन् । वातावरणविद् तथा उद्यमी समेत रहेकी ठकुरी राजनीतिक गतिविधिसँगै विभिन्न सामाजिक संघसंस्थामा पनि सक्रिय रहँदै आएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4