२० असोज, काठमाडौं । नेपाली कांग्रेसको विदेशस्थित भ्रातृ संस्था जनसम्पर्क समितिमा रहेका अंकित ओलीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।
कांग्रेसले जनसम्पर्क समितिबाट ७ जना केन्द्रीय सदस्य बन्न पाउने गरी छुट्टै कोटा यसपटक निर्धारण गरेको छ । जनसम्पर्क समितिबाट पुरुष ५ र महिला २ जना कांग्रेसमा केन्द्रीय सदस्य हुनेछन् ।
दाङका ओली २०१७ सालदेखि आयरल्याण्डमा कार्यरत छन् । नेविसंघका पूर्व नेता समेत रहेका ओलीले आयरल्याण्डमा रहेका नेपालीको हितका लागि कार्यहरु गर्दै आएको बताएका छन् । ओलीले गौरवपूर्ण इतिहासको जगमा १५ औं महाधिवेशनबाट नयाँ अध्यायको सुरुवात भएको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4