२० असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनका लागि अछाम जिल्ला निवासी युवा नेता तपेन्द्र खड्काले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका खड्का १४ औं महाधिवेशनमा पार्टीको महाधिवेशन प्रतिनिधि चुनिएका थिए भने १५ औं महाधिवेशनमा पनि महाधिवेशन प्रतिनिधि हुन् ।
काठमाडौंको भृकुटीमण्डपमा भइरहेको मनोनयन दर्ताका क्रममा उम्मेदवारी दिँदै उनले परिवर्तित अवस्थाको गतिलाई ध्यानमा राखेर पार्टीमा सकारात्मक रूपान्तरण ल्याउन आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4