२० असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता अष्ट कुमार कवेंले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
कांग्रेसको १५ औं महाधिवेशन काठमाडौंमा जारी छ । जारी महाधिवेशन अन्तर्गत मंगलबार दिउँसो उम्मेदवारी दर्ताको काम भएको हो ।
भक्तपुरबाट महाधिवेशन प्रतिनिधि रहेका कवें लामो समयदेखि कांग्रेस राजनीतिमा छन् ।
उनी मध्यपुर थिमि नगरपालिकामा नेपाली कांग्रेसका मेयरका उम्मेदवार थिए ।
उनी राजनीतिको साथै स्थानीय खेलकुद, शिक्षा, स्वास्थ्य, र कृषि क्षेत्रको विकासमा पनि सक्रिय रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4