२० असोज, काठमाडौं । कांग्रेस नेता रामहरि खतिवडाले सहमहामन्त्रीमा उम्मेदवारी दिएका छन् । खतिवडाले कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत खुला सहमहामन्त्री पदमा उम्मेदवारी दिएका हुन् ।
मंगलबार राष्ट्रिय सभागृहमा पुगेर उनले खुला सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराइसकेका छन् ।
खतिवडा यसअघि कांग्रेस केन्द्रीय सदस्य थिए । उनी ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्यसमेत भइसकेका छन् भने राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको जिम्मेवारी पनि सम्हालिसकेका छन् ।
कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4