+
+
Shares

कांग्रेस महाधिवेशन : धमाधम उम्मेदवारी, हालसम्म पदाधिकारीमा क–कसको दर्ता ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २० गते १६:१६

२० असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत आज नयाँ कार्यसमिति निर्वाचनका लागि मनोनयन दर्ताको काम भइरहेको छ । राष्ट्रिय सभागृहमा निर्वाचन समितिले मनोनयन दर्ता गराइरहेको छ ।

हालसम्मको मनोनयन दर्ताका क्रममा पदाधिकारीमै उल्लेख्य संख्या देखिएको छ । उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा ठूलै संख्यामा मनोनयन पर्ने क्रम देखिएको छ ।

हालसम्म सभापतिमा श्यामकृष्ण खड्गीले मनोनयन दर्ता गरेका छन् । सभापति गगनकुमार थापाको मनोनयन भने परिसकेको छैन । सभापतिमै उम्मेदवारी घोषणा गरेका किशोरसिंह राठौरले पनि उम्मेदवारी दर्ता गरिसकेका छैनन् ।

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको अहिलेसम्म एकल उम्मेदवारी परेको छ । उनले भर्खरै वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन् ।

पदाधिकारीमा हालसम्म परेका उम्मेदवारी 

सभापति

श्यामकृष्ण खड्गी

वरिष्ठ उपसभापति 

विश्वप्रकाश शर्मा

उपसभापति(खुला)

–डा. चन्द्रमोहन यादव

–सुरेन्द्रराज पाण्डे

–डा. मीनेन्द्र रिजाल

– गोविन्द भट्टराई

–देवराज चालिसे

–मधुप्रसाद आचार्य

–धनराज गुरुङ

–दीपक गिरी

–डा. चन्द्र भण्डारी

समावेशी उपसभापति

–विनोद चौधरी

–फरमुल्लाह मन्सुर

–जीवन परियार

महिला उपसभापति

–पुष्पा भुसाल

महामन्त्री (महिला)

–डिला संग्रौला

–रिता खनाल

–महालक्ष्मी उपाध्याय डिना

महामन्त्री (खुला)

–शंकर तिवारी

–सुनिल शर्मा

–नैनसिंह महर

–प्रदीप पौडेल

–गुरुराज घिमिरे

–अमरसिंह पुन

सहमहामन्त्री (महिला)

–प्रतिमा गौतम

सहमहामन्त्री (खुला)

–देवेन्द्रराज कँडेल

–रामहरि खतिवडा

-डिल्लीराम सुवेदी

सहमहामन्त्री (पिछडिएको क्षेत्र)

–जीवनबहादुर शाही

–मीन भाम

सहमहामन्त्री (खसआर्य)

–मनोजमणि आचार्य

–अजयबाबु शिवाकोटी

–जगदिश्वरनरसिंह केसी

सहमहामन्त्री (आदिवासी जनजाती)

–बहादुरसिंह लामा

सहमहामन्त्री (थारु)

–तेजुलाल चौधरी

सहमहामन्त्री (अल्पसंख्यक)

–आङगेलु शेर्पा

सहमहामन्त्री (मुस्लिम)

–अब्दुल सत्तर

सहमहामन्त्री (मधेशी)

–अभिषेकप्रताप शाह

सहमहामन्त्री (दलित)

–लक्ष्मी परियार

–प्रकाश रसाइली स्नेही

–मानबहादुर नेपाली

–नरेन्द्र पासवान

कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?