+
+
Shares

गुरुराज घिमिरे र अमरसिंह पुनले पनि दिए महामन्त्रीमा उम्मेदवारी

नेपाली कांग्रेसको महामन्त्री पदमा गुरुराज घिमिरे र अमरसिंह पुनको पनि उम्मेदवारी परेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २० गते १५:१२

२० असोज, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदमा गुरुराज घिमिरे र अमरसिंह पुनको पनि उम्मेदवारी परेको छ । दुवै जनाले मंगलबार उम्मेदवारी दर्ता गराएका छन् ।

घिमिरे पुसमा सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित महामन्त्री हुन् । विशेष महाधिवेशनबाटै निर्वाचित अर्का महामन्त्री प्रदीप पौडेलले पनि महामन्त्रीमै फेरि उम्मेदवारी दर्ता गराइसकेका छन् ।

उता १४ औं महाधिवेशनमा लुम्बिनी प्रदेशको सभापति निर्वाचित अमरसिंह पुनले पनि महामन्त्रीमै उम्मेदवारी दर्ता गराएका छन् । उनी पनि विशेष महाधिवेशनमा खुलेर लागेका अभियन्ता हुन् ।

कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?