२० असोज, काठमाडौं । नेविसंघका पूर्वउपाध्यक्ष सागर परियारले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । परियारले दलित तर्फको खुला कोटाबाट केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी दिएका हुन् ।
२०६२/६३ सालको जनआन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका परियार नेविसंघको लामो इतिहासमै उपाध्यक्ष पदमा निर्वाचित हुने एक मात्र दलित नेता हुन् ।
विद्यार्थी राजनीतिसँगै सामाजिक न्यायको आन्दोलनमा सक्रिय उनी यसअघि नेपाल दलित विद्यार्थी संघको महामन्त्री र नेपाल तरुण दलको केन्द्रीय सदस्यसमेत रहिसकेका छन् ।
परियार अहिले कांग्रेसको बागलुङ जिल्ला कार्यसमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिको रूपमा क्रियाशील छन् ।
कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4