१५ असोज, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेशजंग रायमाझी महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । उनी भोजपुरबाट महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् ।
खुलातर्फ उम्मेदवारी दिएका नेता रायमाझीले ४१६ मत पाएका छन् । १० औं नम्बरमा विजयी भएका वीरबल राईले ४६५ मत ल्याएका छन् । कांग्रेस विधानअनुसार खुलातर्फ १० जना महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुन्छन् ।
नेता रायमाझी ३ असोजबाट सुरु भएको १५ औं महाधिवेशनअन्तर्गतको वडा अधिवेशन सुरु हुनुभन्दा केही दिनअघि मात्रै पूर्वसभापति शेरबहादुर देउवाको समूह छाडेर संस्थापन पक्षमा गएका थिए ।
१४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा विजयी भएका उनलाई सभापति गगन थापाले केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए ।
प्रतिक्रिया 4