+
+
Shares

बागमती प्रदेशका १४ सचिवको जिम्मेवारी हेरफेर तथा पदस्थापन

बागमती प्रदेश सरकारले १४ जना प्रदेश सचिवहरुको जिम्मेवारी हेरफेरसहित पदस्थापनको निर्णय गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १५ गते १८:१४

१५ असोज, हेटौंडा । बागमती प्रदेश सरकारले १४ जना प्रदेश सचिवहरुको जिम्मेवारी हेरफेरसहित पदस्थापनको निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले केहि सचिवहरूको जिम्मेवारी हेरफरसँगै अन्य सचिवहरूको सोही मन्त्रालयमा पदस्थापनको निर्णय गरेको सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री भरत केसीले जानकारी दिए ।

उनका अनुसार उमेश ढकाल र रामबाबु पुरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदस्थापन भएका छन् ।

महेश भट्टराई आन्तरिक मामिला मन्त्रालयमा, नारायणप्रसाद मैनाली आर्थिक मामिला तथा योजना मन्त्रालयमा, गिताकुमारी हुमागाईं र दीपेन्द्र सुवेदी उद्योग मन्त्रालयमा पदस्थापनको निर्णय भएको छ ।

यसअघि पर्यटन क्षेत्र हेरेका सुवेदी आर्थिक मामिला मन्त्रालय जान चाहान्थे ।

यसैगरी, अनिता निरौला प्रदेश लोकसेवा आयोगमा, सुमित्रा गौतम र खुबीराम अधिकारी स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयमा पदस्थापनको निर्णय भएको मन्त्री केसीले जानकारी दिए ।

डा. केदार बराल र सुधीर श्रेष्ठलाई कृषि, पशुपन्छी वन तथा वातावरण मन्त्रालयमा, इन्द्रदेव भट्ट र इश्वरचन्द्र मरहठ्ठालाई खानेपानी, उर्जा तथा सिचाईं मन्त्रालयमा पदस्थापन भएका छन् ।

यस्तै, पूर्णबहादुर दर्जीलाई प्रदेश नीति तथा योजना आयोग र प्रदेशसभा सचिवालयको जिम्मेवारी दिइएको छ ।

बागमती प्रदेशमा अघिल्लो सरकारले १४ वटा मन्त्रालयलाई ८ वटा मन्त्रालयमा झारेपछि सरकारलाई सचिव व्यवस्थापन चुनौती बन्दै आएको थियो । जसकारण सरकारले एउटै मन्त्रालयमा दुई जना सचिवलाई क्षेत्र तोकेर जिम्मेवारी दिएको हो ।

यस्तै, मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालय र माहतका २० वटा कार्यालयको संगठन सर्वेक्षण प्रतिवेदन (ओएनएम) स्वीकृत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?