News Summary
Generated by OK AI. Editorially reviewed.- सिंहदरबारभित्र विज्ञान प्रविधि मन्त्रालय अगाडि यूएनडीपीको गाडीले रास्वपा सांसद नितिमा कार्की भण्डारीको गाडीलाई ठक्कर दिएको छ ।
- यूएनडीपीको ६६–१–००१२ नम्बरको गाडीले बागमती प्रदेश ०१ ०२८ च ९००९ नम्बरको गाडीलाई ठक्कर दिएको ट्राफिक प्रहरीले जनाएको छ ।
- प्रहरीका अनुसार घटनाबारे थप बुझ्ने काम भइरहेको छ ।
३१ भदौ, काठमाडौं । संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) को गाडीले सिंहदरबारभित्र रास्वपा सांसदको गाडीलाई ठक्कर दिएको छ ।
सिंहदरबारभित्रको विज्ञान प्रविधि मन्त्रालय अगाडि केहीबेर अघि यूएनडीपीको ६६–१–००१२ नम्बरको गाडीले ठक्कर दिएको हो ।
रास्वपा सांसद नितिमा कार्की भण्डारीको बागमती प्रदेश ०१ ०२८ च ९००९ नम्बरको गाडीलाई ठक्कर दिएको हो । स्रोतका अनुसार रास्वपा सांसद कार्कीको गाडी राेकिराखेको थियो । सो ठाउँमा दक्षिण गेटतर्फ आउँदै गरेको गाडीलाई यूएनडीपीको गाडीले ठक्कर दिएको हो ।
ट्राफिक प्रहरीका अनुसार, अहिले घटनाबारे थप बुझ्ने काम भइरहेको छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4