News Summary
Generated by OK AI. Editorially reviewed.- बागमती प्रदेश सरकारको सचिव बैठकले खोज, उद्धार, राहत र पुनर्स्थापनाको तथ्यांक पारदर्शी बनाउन डिजिटल प्लेटफर्म चुस्त बनाउने निर्णय गरेको छ।
- बैठकले भीमफेदी–कोगटे–इपा देउराली हुँदै सिस्नेरीसम्मको वैकल्पिक मार्ग तत्काल सम्पन्न गरी सञ्चालनमा ल्याउने निर्णय गरेको छ।
- भोटेकोशी बाढीबाट भएको भौतिक पूर्वाधार र जनधन क्षतिको एकीकृत विवरण संकलन गर्न नीति तथा योजना आयोग सचिवको संयोजकत्वमा उपसमिति गठन गरिएको छ।
१६ भदौ, काठमाडौं । बागमती प्रदेश सरकार, सचिव बैठकले खोज, उद्धार, राहत तथा पुनर्स्थापना लगायत कार्य विवरण तथा प्राप्त तथ्यांकलाई पारदर्शी र व्यवस्थित बनाउन डिजिटल प्लेटफर्मलाई चुस्त बनाउने निर्णय गरेको छ ।
प्रमुख सचिव कमल प्रसाद भट्टराईको अध्यक्षतमा आज बसेको बैठकले हेटौंडा–काठमाडौं अन्तर्गत भीमफेदी–कुलेखानी खण्डको साँघुको मार्गको वैकल्पिक व्यवस्थाका लागि भीमफेदी–कोगटे–इपा देउराली हुँदै सिस्नेरीसम्मको मार्ग निर्माण कार्य तत्काल सम्पन्न गरी सञ्चालनमा ल्याउने निर्णय समेत गरेको छ ।
बैठकले सडकमा देखिएको ट्राफिक चापलाई ध्यानमा राखी हेटौंडा–काठमाडौं जोड्ने दुई खण्ड भीमफेदी–देउराली–कुलेखानी–फाखेल–फर्पिङ र भीमफेदी–सिस्नेरी–छैमले–फर्पिङमा यातायात चुस्त बनाउने निर्णय गरेको छ । सो खण्डमा पर्ने बेलिब्रिजलाई नियमित निरीक्षण गरी चालु अवस्थामा राख्ने समेत निर्णय गरिएको छ । सडक अवस्थालाई दृष्टिगत गरी प्रमुख सचिवबाट यस प्रदेशका प्रमुख जिल्ला अधिकारी र प्रहरी अधिकारीहरूलाई आवश्यक समन्वय गर्न निर्देशन दिइएको समेत निर्णयमा उल्लेख छ ।
बैठकले भोटेकोशी बाढीका कारण भौतिक पूर्वाधार र तथा जनधनमा भएको क्षति तथा नोक्सानीको एकीकृत विवरण संकलन गर्न उपसमिति गठन गरेको छ ।
नीति तथा योजना आयोग सचिवको संयोजकत्वमा यस्तो समिति बनाइएको हो । बैठकले यस वर्षको निजामती सेवा दिवस प्रदेशभर विपद् केन्द्रित कार्यक्रम गरी मनाउने निर्णय समेत गरेको छ ।
प्रतिक्रिया 4