+
+
Shares
कांग्रेस महाधिवेशन :

कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने अमरसिंह पुनको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १४ गते ११:१४

१४ असोज,रोल्पा। नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

पुन रोल्पा प्रतिनिधि सभा क्षेत्र १ बाट आइतबार महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका हुन्।

पुनले आसन्न १५औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी दिने बताएका छन् । ‘म महामन्त्रीमा उम्मेदवारी दिन्छु’, पुनले भने, ‘महाधिवेशन प्रतिनिधि चुनिएपछि जिल्लाबाट आफू काठमाडौं आइसकेको र थप छलफलहरू भइरहेको छ।’

उनले कांग्रेसको नेतृत्वमा रहेर काम गर्ने इच्छा रहेको र नेता कार्यकर्ताहरूले साथ र सहयोग गर्ने विश्वास व्यक्त गरे ।

पुन २०७८ मंसिरमा भएको १४ औं महाधिवेशनमा शेखर कोइराला-गगन थापा प्यानलबाट लुम्बिनी प्रदेशको सभापतिमा निर्वाचित भएका हुन्। उनी लुम्बिनी प्रदेशबाट विशेष महाधिवेशनको कित्तामा उभिने प्रदेश सभापति समेत हुन् ।

विशेष महाधिवेशन पक्षमा उभिएका लुम्बिनी प्रदेशका सभापति पुन गगन थापा र विश्वप्रकाश शर्मा लगायतका नेताहरुसँग मञ्च कार्यक्रममा सहभागी हुँदै आएका थिए ।

कांग्रेसको केन्द्रीय महाधिवेशन असोज १८ देखि काठमाडौंको खुलामञ्चमा महाधिवेशन हुँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?