+
+
Shares

दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुलको क्षतिबारे प्राविधिक अध्ययन सुरु

‘प्राविधिक विश्लेषणपछि प्रदेश सरकारबाट हुने रहेछ भने हामी त्यसअनुसार अगाडि बढ्छौं । यदि प्रदेश सरकारबाट पनि हुन नसक्ने प्राविधिक समस्या रहेछ भने संघीय मन्त्रालयसँग कुरा गरेर यसलाई चाँडोभन्दा चाँडो कसरी मर्मत गर्न सकिन्छ, कसरी सुचारु गर्न सकिन्छ भनेर लाग्छौं,’ प्रजिअ मदन कोइरालाले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १४ गते १२:१५

१४ असोज, कञ्चनपुर । कञ्चनपुर दोधारा चाँदनी र भीमदत्तनगर जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुलमा भएको क्षतिबारे सरकारले प्राविधिक अध्ययन थालेको छ ।

आज बिहान झोलुङ्गे पुलको एउटा स्पान र बीचको टावर नै खसेपछि हाल पूर्णरुपमा आउ–जाउ बन्द भएको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले आज बिहान क्षतिग्रस्त पुलको निरीक्षण गर्दै पुल कसरी क्षतिग्रस्त भयो भन्नेबारे प्राविधिक अध्ययन अगाडि बढाइने बताए ।

प्रजिअ कोइरालाका अनुसार आज बिहानै पुल ‘डिसब्यालेन्स’ भएको सूचना पाएलगत्तै सुरक्षाकर्मी परिचालन गरी तत्काल आवतजावत बन्द गरिएको थियो । बिहान करिब आठ बजेतिर पुलको एउटा भाग नै नदीमा खसेको थियो । अहिले पुलबाट आवतजावत गर्न सक्ने अवस्था छैन ।

‘पुलको एउटा स्पान, बीचको एउटा टावर नै खसेको अवस्था छ । अहिले आवतजावत हुन सक्ने अवस्था छैन,’ प्रमुख जिल्ला अधिकारी कोइरालाले भने ।

कोइरालाका अनुसार पुलको क्षतिको प्राविधिक कारण पहिचान गर्न सुदूरपश्चिम प्रदेशको यातायात मन्त्रालयअन्तर्गतको पूर्वाधार निर्देशनालयको प्राविधिक टोली बोलाइएको छ । उक्त टोलीले स्थलगत निरीक्षण गरी पुल कसरी क्षतिग्रस्त भयो भन्ने प्राविधिक विश्लेषण गर्ने छ ।

प्राविधिक टोलीको अध्ययनपछि मर्मत तथा पुन: सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाइने उनको भनाइ छ । प्रदेश सरकारको क्षेत्राधिकार र क्षमताभित्रबाट समस्या समाधान गर्न सकिने भए प्रदेशबाटै काम अघि बढाउने र प्रदेशबाट समाधान हुन नसक्ने देखिए संघीय सरकारसँग समन्वय गरिने उनले बताए ।

‘प्राविधिक विश्लेषणपछि प्रदेश सरकारबाट हुने रहेछ भने हामी त्यसअनुसार अगाडि बढ्छौं । यदि प्रदेश सरकारबाट पनि हुन नसक्ने प्राविधिक समस्या रहेछ भने संघीय मन्त्रालयसँग कुरा गरेर यसलाई चाँडोभन्दा चाँडो कसरी मर्मत गर्न सकिन्छ, कसरी सुचारु गर्न सकिन्छ भनेर लाग्छौं,’ कोइरालाले भने ।

प्राविधिक टोलीको रिपोर्ट प्राप्त भएपछि सम्बन्धित निकायसँग समन्वय गरी पुललाई सकेसम्म छिटो सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाउने प्रजिअ कोइरालाको भनाइ छ ।

उनले पुलको अवस्था जोखिमपूर्ण रहेकाले सर्वसाधारणलाई पुल हेर्न वा भिडियो खिच्नका लागि समेत घटनास्थलमा नजान आग्रह गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी कोइरालाको भनाइ जस्ताको तस्तै

आज बिहान पुल डिसब्यालेन्स भएको खबर पाएका थियौं । त्यसपछि सुरक्षाकर्मीहरुलाई भनेर तत्काल आवतजावत बन्द गर्यौँ । अहिले म निरीक्षण गर्न पनि आएको छु ।

झोलुंगे पुलको एउटा स्पान, बीचको एउटा टावर नै खसेको अवस्था छ । अहिले आवतजावत हुन सक्ने अवस्था पनि छैन ।

यस विषयमा प्रदेशको यातायात मन्त्रालयको पूर्वाधार निर्देशनालयको प्रमुखसँग पनि मेरो कुरा भएको छ । त्यो टिम पनि यहाँ आउँदैछ । प्राविधिक दृष्टिकोणले पुल कसरी यस्तो हुन पुग्यो भन्ने उहाँहरुले अहिले पहिचान गर्नुहुनेछ ।

उहाँहरुले प्राविधिक विश्लेषण गरेपछि प्रदेश सरकारबाट हुने रहेछ भने हामी यहाँबाट त्यस अनुसार अगाडि बढ्छौं । यदि प्रदेश सरकारबाट पनि हुन नसक्ने प्राविधिक कुनै समस्या रहेछ भने संघीय मन्त्रालयसँग कुरा गरेर यसलाई चाँडोभन्दा चाँडो कसरी मर्मत गर्न सकिन्छ, कसरी सुचारु गर्न सकिन्छ भनेर हामी लागेका छौं । त्यो आजैबाट म प्रारम्भ गर्नेछु ।

अहिलेको अवस्था हेर्दाखेरि यहाँबाट हिँडडुल गर्न सक्ने अवस्था छैन । महाकाली नदीमा एउटा स्पान नै खसेको अवस्था छ । नागरिकहरुलाई मेरो आग्रह छ– अहिले हेर्नका लागि वा भिडियो खिच्नका लागि पनि नआउनु होला ।

यस विषयमा प्राविधिकहरुले चाँडै रिपोर्ट दिनुभएपछि हामी सम्बन्धित निकायको सहयोग लिएर यो पुललाई चाँडो भन्दा चाँडो सुचारु गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?