News Summary
Generated by OK AI. Editorially reviewed.- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीस्थित सुनबरा नदी किनारमा अन्दाजी ६५ वर्षीया सिठ्ठु खुना मृत भेटिएकी छन्।
- सोमबार बिहान घरबाट निस्किएकी शुक्लाफाँटा–१० मुक्ति टोलकी खुना दिउँसो नदी किनारमा मृत अवस्थामा फेला परेकी हुन्।
- शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ र घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
२३ भदौ, धनगढी । कञ्चनपुरमा एक महिला मृत अवस्थामा भेटिएकी छन् ।
शुक्लाफाँटा नगरपालिका–३ को पिपलाडीमा सुनबरा नदीको किनारमा अन्दाजी ६५ वर्षीया सिठ्ठु खुना मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिरेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार सोमबार बिहान घरदेखि निस्किएकी खुना दिउँसो नदी किनारमा मृत अवस्थामा फेला परेकी हुन् । उनी शुक्लाफाँट नगरपालिका–१० को मुक्ति टोल बस्ने गरेकी थिइन् ।
मृतकको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4