News Summary
Generated by OK AI. Editorially reviewed.- कञ्चनपुरको भीमदत्त नगरपालिका-६ मा घरको छतबाट खसेका २३ वर्षीय कपिल नेगीको उपचारका क्रममा मृत्यु भएको छ ।
- शुक्रबार साँझ दोस्रो तलाबाट खसेका नेगीको राति साढे नौ बजे महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
- घटनाबारे थप अनुसन्धान भइरहेको र मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमै राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी टेकबहादुर रावतले बताए ।
२३ साउन, धनगढी । कञ्चनपुरमा घरको छतबाट खसेका युवकको मृत्यु भएको छ । शुक्रबार साँझ घरको छतबाट खसेका भीमदत्त नगरपालिका-६ ऐठपुरका २३ वर्षीय कपिल नेगीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतले घरको छतको दोस्रो तलाबाट खसेका नेगीको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए ।
उनकाअनुसार नेगीलाई आमाबुबाले छतबाट भुईंमा खसेको अवस्थामा फेला पारेपछि तत्काल उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिएको थियो ।
उनको राति साढे ९ बजे उपचारकै क्रममा मृत्यु भएको हो । मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमै राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4