News Summary
Generated by OK AI. Editorially reviewed.- सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस भवनको छतबाट हाम फालेका २३ वर्षीय उत्तम कार्कीको उपचारका क्रममा निधन भएको छ ।
- बीएचएम प्रवेश परीक्षा दिन गएका बेला कार्कीले छतबाट हाम फालेका र उपचारका लागि धनगढीको माया मेट्रो अस्पताल लगिएको थियो ।
- मानसिक स्वास्थ्य समस्याका कारण कार्कीले औषधि सेवन गर्दै आएको परिवारले जानकारी दिएको प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले बताए ।
१६ साउन, धनगढी । सुदूरपश्चिम विश्वविद्यालयको छतबाट हाम फालेका एक जनाको मृत्यु भएको छ ।
शनिबार बिहान साढे ९ बजेतिर महेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय क्याम्पसको तीन तले भवनको छतबाट हाम फालेका वेदकोट नगरपालिका–४ का २३ वर्षीय उत्तम कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतले कार्कीको उपचारका क्रममा धनगढीको माया मेट्रो अस्पतालमा दिउँसो १२ बजेतिर मृत्यु भएको जानकारी दिए ।
उनका अनुसार कार्की बीएचएमको प्रवेश परीक्षा दिन गएका बेला छतबाट हाम फालेको थिए । उनलाई तत्काल उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुर्याइएको थियो ।
महाकालीबाट धनगढी रेफर गरिएको थियो । धनगढीमा उपचारकै क्रममा मृत्युु भएको हो ।
कार्कीलाई मानसिक स्वास्थ्य सम्बन्धी समस्या थियो । परिवारकाअनुसार उनी औषधि समेत सेवन गर्ने गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया 4