+
+
Shares

कञ्चनपुरमा ३१ ग्राम लागूऔषध खैरो हेरोइनसहित दुई युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २८ गते १८:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कञ्चनपुरमा ३१ ग्राम १० मिलिग्राम खैरो हेरोइनसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
  • शुक्लाफाँटा नगरपालिकाका २६ वर्षीय रोसन सार्की र ३० वर्षीय ठगु राम डगौरालाई प्रहरीले बेलडाँडीबाट नियन्त्रणमा लिएको हो ।
  • प्रहरीले उनीहरू सवार म १ प ९३०१ नम्बरको मोटरसाइकल पनि बरामद गरी लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम अनुसन्धान अघि बढाएको छ ।

२८ साउन, धनगढी । कञ्चनपुरमा ३१ ग्राम लागूऔषध खैरो हेरोइनसहित दुई युवक पक्राउ परेका छन् ।

प्रहरीका अनुसार, विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी झिलमिलाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका वडा नम्बर २ बस्ने वर्ष २६ का रोसन सार्की र सोही ठाउँ बस्ने वर्ष ३० का ठगु राम डगौरा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतले बुधबार  बेलडाँडी गाउँपालिका वडा नम्बर ०३ बनपुरुवास्थित सडकखण्डमा चेकजाँच गर्दा शंकास्पद अवस्थामा रहेका दुवै जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

उनीहरूको साथबाट प्रहरीले ३१ ग्राम १० मिलिग्राम तौल भएको लागु औषध खैरो हेरोइन बरामद गरेको छ । साथै, उनीहरूले प्रयोग गरिरहेको म १ प ९३०१ नम्बरको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको छ र उनीहरूविरुद्ध लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम थप अनुसन्धान भइरहेको  रावतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?