१४ असोज, प्युठान । नेपाली कांग्रेसले प्यूठानका दुवै प्रदेश सभा क्षेत्रमा नेतृत्व चयन गरेकोछ ।
१५औं महाधिवेशनअन्तर्गत प्युठानमा भएको क्षेत्रीय अधिवेशनबाट क्षेत्र (क) को सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । उनी ऐरावती गाउँपालिका अध्यक्षसमेत हुन् ।
बुधबार सम्पन्न मतगणनामा शाहले २६८ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी दुर्गबहादुर बुढाथोकीले ११४ र नेत्रमणि पोखरेलले ७३ मत प्राप्त गरे।
कुल ४६८ मत खसेको निर्वाचनमा १३ मत बदर भएको निर्वाचन समितिले जनाएको छ।
प्रदेशसभा क्षेत्र (ख) मा भने चन्द्रलाल न्यौपाने निर्विरोध सभापति चयन भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4