१४ असोज, काठमाडौं । नेपाली कांग्रेस महाधिवेशन स्थलबाहेक क्षेत्रमा प्रचार प्रसारका सामग्री नराख्ने भएको छ । महाधिवेशन उद्घाटन स्थल खुलामञ्च बाहेक उपत्यकाका अन्य स्थानमा प्रचार सामग्री नराख्ने जानकारी गराइएको छ ।
कांग्रेसका शीर्ष तहका नेताले दिएको जानकारी अनुसार खुलामञ्च क्षेत्र बाहेक स्थानमा पर्चा, पम्पलेट, आकाशे पुलमा व्यानर लगायका प्रचार सामग्री राखिने छैन । ‘सामाजिक सञ्जालमा प्रचार प्रचारका कन्टेन्टहरु राख्छौं । उद्धघाट्न स्थल भन्दा बाहिर काठमाडौं, भक्तपुर र ललितपुरमा महाधिवेशन लक्षित प्रचार सामग्री राख्दैनौं ।’ विगतमा उपत्यका भरि प्रचार प्रसारका सामग्री राख्ने प्रचलन थियो ।
कांग्रेसको १५ औं महाधिवेशन १८ असोजबाट सुरु हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4