+
+
Shares

कांग्रेस केन्द्रीय सदस्य राधेश्याम पाठकले बनाए परिवारका ११ जनालाई क्षेत्रीय प्रतिनिधि

पार्टीको १५ औं महाधिवेशनअन्तर्गत नवलपरासी (पश्चिम)मा पर्ने रामग्राम नगरपालिका–९ को वडाबाट पाँच असोजमा सर्वसम्मत चयन भएका २४ क्षेत्रीय प्रतिनिधिहरूमध्ये पाठक परिवारका ११ जनाको समावेश छ

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १५ गते १२:२२

१५ असोज, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य राधेश्याम पाठकले परिवारका ११ जनालाई क्षेत्रीय प्रतिनिधि बनाएका छन् । उनले वडा अधिवेशनबाट परिवारका ११ जना क्षेत्रीय प्रतिनिधिमा चयन भएको अनलाइनखबरसँग स्वीकार समेत गरेका छन् ।

पार्टीको १५ औं महाधिवेशनअन्तर्गत नवलपरासी (पश्चिम)मा पर्ने रामग्राम नगरपालिका–९ को वडाबाट पाँच असोजमा सर्वसम्मत चयन भएका २४ क्षेत्रीय प्रतिनिधिहरूमध्ये पाठक परिवारका ११ जनाको समावेश छ

क्षेत्रीय प्रतिनिधिको सूचीमा केन्द्रीय सदस्य पठकसँगै चन्द्र शेखर पाठक, आशुतोष पाठक, कालिन्दी पाठक, गीता पाठक, जयदेव पाठक, तुषार पाठक, दामोदर पाठक, वेदव्यास पाठक, भोला पाठक, राधेश्याम पाठक र विश्वभरप्रसाद पाठक लगायतको नाम छ ।

नेता पाठक विशेष महाधिवेशनबाट मधेसी क्लस्टरबाट केन्द्रीय सदस्य बनेका थिए । उनले वडा अधिवेशनबाट पाठक परिवारका ११ जना क्षेत्रीय प्रतिनिधिमा चयन भएको स्वीकार गरेका छन् ।

‘एउटै परिवारको होइन । त्यहाँ हाम्रो दुई सय परिवार छ,’ पाठकले अनलाइनखबरसँग भने, ‘कार्यकर्ताले प्रतिनिधि बनाएका हुन् । बनाउँदा त कसैको टाउको दुखाइको विषय भएको थिएन ।’

उनले तीन जना घरका सदस्य भएका नेताले तीनै जनालाई क्षेत्रीय प्रतिनिधि बनाएको उदाहरण दिँदै दुई सय परिवारबाट ११ जना क्षेत्रीय प्रतिनिधि बन्दा आपत्ति जनाउन नमिल्ने तर्क पनि गरे ।

‘जसको घरमा तीन जनामात्रै छन्, उनीहरू तीनै जना प्रतिनिधि बन्न मिल्ने, त्यो राम्रो भयो ?,’ केन्द्रीय सदस्य पाठकले प्रश्न गरे, ‘जसको घरमा दुई सय जना छन्, उसले १० जना बनाउँदा नराम्रो भयो ?’

उनले वडा नम्बर ९ मा दुई सय पाठक परिवार रहेको पनि बताए । ‘एउटै वडाका चार गाउँमा पाठकका दुई सय परिवार छन्,’ नेता पाठकले भने ।

हेर्नुहोस् विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?