+
+
Shares

गन्यापधुराबाट देउवा सर्वसम्मत क्षेत्रीय प्रतिनिधि

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १६ गते ११:०६

१६ असोज, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन इतर समूहको १५औं महाधिवेशनको क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन् ।

उनी गृह जिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ मा सम्पन्न कांग्रेस संस्थापन इतर समूहको वडा अधिवेशनबाट सर्वसम्मत क्षेत्रीय प्रतिनिधि चयन भएका हुन् ।

वडा सभापति पदम महताले पूर्वसभापति देउवालाई सर्वसम्मत क्षेत्रीय प्रतिनिधि चयन गरिएको जानकारी दिए ।

देउवा समूहले १४औं महाधिवेशनको विधानअनुसार १५औं महाधिवेशन गर्ने तयारी गरिरहेको छ ।

उक्त विधानमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ ।

तर, देउवाले भने चुनावी प्रतिष्पर्धामार्फत महाधिवेशन प्रतिनिधिमा जितेर आउनेभन्दै वडाबाटै क्षेत्रीय प्रतिनिधिका लागि आकांक्षा देखिएका छन् ।

गन्यापधुरा–१ का नेता रमेश रावलका अनुसार देउवाले क्षेत्रीय प्रतिनिधिको उम्मेदवारी मनोनयनका लागि स्थानीय कौशिलादेवी देउवालाई वारेसनामा दिएका थिए ।

पूर्वसभापति देउवा यसअघिका महाधिवेशनमा पनि वडाबाटै प्रतिष्पर्धा गर्दै आउने नेतामध्येमा पर्छन् ।

गन्यापधुरा–१ को वडा अधिवेशनबाट देउवाका स्वकीय सचिव भानु देउवा पनि क्षेत्रीय प्रतिनिधि चयन भएका छन् ।

उनले स्थानीय इन्द्रबहादुर देउवालाई वारेसनामा दिएका थिए । कौशिलादेवी साइनोमा देउवाकी भाइबुहारी र इन्द्रबहादुर काका पर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?