+
+
Shares

कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै देउवा समूहको निवेदन सर्वोच्चमा दर्ता

११ भदौमा पेशी

अब पुनरावलोकनको मुद्दाको टुंगो नलाग्दासम्म १५ महाधिवेशन गर्ने नमिल्ने जिकिर गर्दै देउवा समूहले निवेदन दिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ९ गते १२:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शेरबहादुर देउवा समूहले नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गरेको छ ।
  • निवेदनमाथि ११ भदौका लागि पेशी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए ।
  • देउवा समूहले पुनरावलोकनको मुद्दा टुंगो नलागेसम्म १५औं महाधिवेशन गर्न नमिल्ने जिकिर गरेको छ ।

९ भदौ, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएको छ ।

निवेदनमाथि ११ भदौका लागि पेशी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए । देउवा समूहको वारेस भएर अधिवक्ता श्रवणकुमार देवले निवेदन लिएर गएका थिए ।

सर्वोच्च अदालतले कांग्रेसको विशेष महाधिवेशनको विवादमा पुनरावलोकनका लागि निस्सा दिएपछि कांग्रेसको विवाद सर्वोच्चमा विचाराधीन छ ।

अब पुनरावलोकनको मुद्दाको टुंगो नलाग्दासम्म १५ महाधिवेशन गर्ने नमिल्ने जिकिर गर्दै देउवा समूहले निवेदन दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?