+
+
Shares

मीनेन्द्र रिजाललाई प्रश्न : कांग्रेस उपसभापतिमा दाबी हाे ?

उनीनिकट नेताहरू उपसभापतिमा उठ्ने गृहकार्य भइरहेको बताउँछन् । तर, डाक्टर रिजाल भने व्यक्तिगत रूपमा कुनै पद वा महत्वाकांक्षा नराखेकाे बताउँछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १५ गते १४:०४

१५ असाेज, विराटनगर । नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजाल महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । माेरङ क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका रिजाल १५ औं महाधिवेशनमा पदाधिकारीकाे आकांक्षी हुन् ।

उनीनिकट नेताहरू उपसभापतिमा उठ्ने गृहकार्य भइरहेको बताउँछन् । तर, डाक्टर रिजाल भने व्यक्तिगत रूपमा कुनै पद वा महत्वाकांक्षा नराखेकाे बताउँछन् ।

कार्यकर्ता र क्षेत्रीय साथीहरूको आग्रहका कारण महाधिवेशन प्रतिनिधिमा प्रतिनिधि बनेकाे बताउँदै उनले महाधिवेशनमा कुनै महत्वाकांक्षा नरहेकाे बताए ।

उनी डा. शेखर कोइराला निकट हुन् । पार्टीभित्रको आन्तरिक कलहका कारण डा. कोइराला महाधिवेशनबाट अलग छन् ।

अनलाइनखबरसँगकाे कुराकानीमा  रिजालले आफू पदीय होडबाजीमा नलागेको बताए ।

‘म महत्वकांक्षा राखेर राजनीतिमा लागेको होइन, नत्र तामझाम र नाराबाजी गर्दै हिँड्थेँ होला,’ उनले भने,’ सदस्यता अद्यावधिक गर्दा नै  मेरो सहभागिता भयो भनेको थिएँ। अब महाधिवेशन प्रतिनिधि हुँदाखेरि त्यही मेरो सहभागिता हो, अब हेर्दै जाऊँ न ।’

उनले क्षेत्रका कार्यकर्ताले प्रतिनिधि भएर आउन भनेर आग्रह गरेपछि आफू आएको बताए।

‘म महाधिवेशन स्थल वा चुनावी प्रचारमा कतै धाइनँ, सामाजिक सञ्जालमा पनि केही लेखिनँ,’ डा. रिजालले भने, ‘क्षेत्रका साथीहरू तपाईं यहाँबाट प्रतिनिधि भएर जानुपर्छ भनेपछि हुन्न भन्ने कुरा भएन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?