१४ असोज, पाँचथर । नेपाली कांग्रेसको १५औं महाधिवशेनअन्तर्गत पाँचथरका प्रदेश क्षेत्रीय सभापति निर्वाचनमार्फत् छनोट भएका छन् ।
प्रदेश निर्वाचन क्षेत्र–१ मा गणेश पोखरेल र २ मा भरत तुम्बापो सभापति पदमा विजयी भएका छन ।
४१० मत प्राप्त गर्दै पोखरेल विजयी भएका हुन । उनका प्रतिस्पर्धी अमिरहाङ केरुङले २९३ मत प्राप्त गरे ।
यस्तै, २ तर्फ तुम्बापो ३ सय ३ मत प्राप्त गर्दै विजयी भएका छन । उनका प्रतिस्पर्धी सन्तोष शेर्माले २ सय ८६ मत प्राप्त गरे ।
१ मा सचिवमा प्रदीप भण्डारी निर्वाचित भएका छन भने २ मा कैलाश शेर्मा सर्वसम्म भए ।
महाधिवेशन प्रतिनिधिको मतपरिणाम भने आउन बाँकी छ ।
महाधिवेशन प्रतिनिधिका लागि कांग्रेस संसदिय दलका नेता भिष्मराज आङदेम्बे, केन्द्रीय सदस्य तथा सांसद नरेन्द्र कुमार केरुङ सहितको प्रतिस्पर्धा छ । प्रारम्भिक मतपरिणममा उनीहरु शिर्ष अग्रता छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4