+
+
Shares

‘बा : एक योद्धा’ को शोज संख्या बुधबार १०० माथि

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १४ गते १२:२८

काठमाडौं । प्रदर्शनरत फिल्म ‘बा : एक योद्वा’ले दर्शकको साथ पाउन थालेको छ । प्रदर्शनको पाँचौ दिनसम्म आइपुग्दा दर्शकीय फुटफलमा वृद्धि भएको देखिन्छ ।

प्रदर्शनको पहिलो सप्ताहन्त लगातारको झरीले बिथोलेको दर्शक आगमनको लय भने अहिले फर्किएको छ । निर्माता वसन्त लम्सालले मंगलबारदेखि हलमा दर्शकको चापमा वृद्धि भएको उल्लेख गरे ।

मंगलबार अधिकांश हलमा आधा सस्तो टिकट (डील डे) सुविधा पनि उपलब्ध हुन्छ । जसको कारण, कतिपय दर्शक यो सुविधा उपभोग गर्न हलसम्म पुग्छन् । यसको परिणाम मंगलबारको अकुपेन्सीमा देखिएको थियो । उक्त दिनमा देशभर ७९ रहेको जनाइएको छ ।

बुधबार फिल्मको शोज संख्यामा वृद्धि भएको निर्माता लम्सालले बताए । उनका अनुसार, देशभर फिल्मले १ सयभन्दा धेरै शोज प्राप्त गरेको छ ।

फिल्मले सकारात्मक प्रतिक्रिया पाइरहेको समेत निर्माता लम्सालले जनाए । फिल्ममा दिव्यदेव पन्तको शीर्ष भूमिका छ । उनले प्रमुख पात्रको भूमिका निर्वाह गरेका छन् ।

यीबाहेक झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायतका कलाकारको अभिनय पनि छ ।

हरि लम्सालको पटकथा लेखन तथा निर्देशनमा बनेको फिल्म ‘बा : एक योद्धा’ आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । अनिल बुढाथोकी कार्यकारी निर्माता हुन् । कृष्ण काफ्ले सह-निर्माताका रूपमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?