+
+
Shares

‘बा : एक योद्धा’ को ट्रेलर- बुवाको त्याग सम्झाउने मर्मस्पर्शी कथा

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ७ गते १२:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हरि लम्साल निर्देशित कथानक फिल्म ‘बा : एक योद्धा’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ ।
  • २ मिनेट ३३ सेकेन्डको ट्रेलरमा बुवाले सन्तानको खुसीका लागि गर्ने संघर्ष, त्याग र पुस्तान्तरणको कथा देखाइएको छ ।
  • दिब्यदेव, सुहाना थापा र झरना थापासहितको यो फिल्म १९ भदौमा प्रदर्शनमा आउनेछ ।

काठमाडौं । हरि लम्साल निर्देशित कथानक फिल्म ‘बा : एक योद्धा’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरले फिल्मको कथावस्तु र चरित्र चित्रणबारे संक्षिप्त प्रकाश पार्छ ।

२ मिनेट ३३ सेकेन्डको ट्रेलरमा बुवाले सन्तानको खुसीका लागि गर्ने संघर्ष, त्यागलाई चित्रण गरिएको छ । सन्तानले बुवाबाट गर्ने अपेक्षा र पुस्तान्तरणको कथा पनि यसमा छ ।

शीर्ष भूमिकामा दिब्यदेव प्रस्तुत छन् । सुहाना थापाले छोरी र झरना थापाले श्रीमतीको भूमिका निर्वाह गरेका छन् । ट्रेलरले कथावस्तुलाई रहस्यपूर्ण पनि बनाएको देखिन्छ ।

फिल्ममा माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र सवि थापाको पनि अभिनय छ । चर्चित संगीतकर्मी हरि लम्सालले यो फिल्मबाट घरेलु फिल्मको निर्देशनमा डेब्यू गरेका हुन् ।

आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मको पटकथा पनि लम्साल आफैले लेखेका हुन् । लगानीकर्ता वसन्त लम्साल हुन् ।

अनिल बुढाथोकी कार्यकारी निर्माता रहेको फिल्मको लाइन प्रोड्युसर अर्जुन पौडेल हुने भने सह-निर्मातामा कृष्ण काफ्ले छन् । शिवराम श्रेष्ठको छायाकंन रहेको फिल्मको मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने छन् ।

यो फिल्म १९ भदौ अर्थात बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?