+
+
Shares

सप्तरीमा मृत भेटिएकी तीन वर्षीया बालिका आमाबाबुकी एक्ली सन्तान

लोकेन्द्र यादव लोकेन्द्र यादव
२०८३ भदौ ७ गते १५:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सप्तरीको शम्भुनाथ नगरपालिका-३ ट्राफिक चोकमा आइतबार ३ वर्षीया सानिया खातुन घर पछाडि मृत फेला परिन्।
  • परिवारका अनुसार उनी आइतबार बिहान करिब ९ बजेसम्म घरमै देखिएकी थिइन्, त्यसपछि खोजी गर्दा शव ६० मिटर टाढा झाडीमा भेटिएको हो।
  • जिल्ला प्रहरी सप्तरीले शंकास्पद गतिविधिका आधारमा २२ वर्षीया मुस्कान खातुनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

७ भदौ, सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिका-३ ट्राफिक चोकमा आइतबार एक बालिका मृत अवस्थामा फेला परिन् ।

स्थानीय मोहम्मद इरफान र रुविना खातुनकी ३ वर्षीया छोरी सानिया खातुन घर पछाडि मृत फेला परेकी हुन् । उनी आमाबाबुकी एक्ली सन्तान हुन् ।

परिवारका अनुसार आइतबार बिहान करिब ९ बजेसम्म बालिका घरमै देखिएकी थिइन् । त्यसपछि खोजी गर्ने क्रममा घरदेखि करिब ६० मिटर पछाडि झाडीमा उनको शव फेला परेको हो ।

मोहम्मद इरफानले एक वर्ष अगाडि लाहनकी २२ वर्षीय मुस्कान खातुनसँग दोस्रो विवाह गरेका थिए । मुस्कानलाई दोस्रो श्रीमतीको रूपमा घर भित्र्याएपछि घरपरिवारमा विवाद चलिरहेको थियो ।

मुस्कानको गतिविधि शंकास्पद देखिएपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी सप्तरीका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी हेमराज घिमिरेले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?