News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘बा : एक योद्धा’ ले शुक्रबारबाट प्रदर्शनसँगै सकारात्मक प्रतिक्रिया पाएको छ ।
- दर्शकले अभिभावकले सन्तानलाई देखाउनुपर्ने र अधिकार खोज्ने तर दायित्व बिर्सिने सन्तानका लागि फिल्म प्रेरणादायी भएको बताएका छन् ।
- हरि लम्सालले लेखन तथा निर्देशन गरेको फिल्ममा दिब्यदेव पन्तले बुवाको भूमिका निर्वाह गरेका छन् ।
काठमाडौं । फिल्म ‘बा : एक योद्धा’ ले सकारात्मक प्रतिक्रिया पाएको छ । शुक्रबारबाट रिलिज भएको फिल्मलाई हेर्ने कतिपय दर्शकले आफ्ना अभिभावकले सन्तानलाई देखाउनुपर्ने बताएका छन् ।
अधिकार खोज्ने तर तर दायित्व बिर्सिने सन्तानका लागि यो फिल्म नैतिक शिक्षाले प्रेरित भएको दर्शकीय प्रतिक्रिया छ ।
अभिभावकले समय निकालेर आफ्ना सन्तानलाई फिल्म देखाएमा त्यसको सकारात्मक र प्रेरणादायी प्रभाव जिन्दगीमा पर्ने ती दर्शकको भनाइ छ । परिवारबाट टाढिएर बसेका सन्तानले पनि फिल्म हेर्नुपर्ने धारणा उनीहरूको छ ।
यो फिल्म नेपाली समाजमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर भोग्ने चुनौतीमा केन्द्रित छ । फिल्ममा दिब्यदेव पन्तले बुवाको भूमिका निर्वाह गरेका छन् ।
झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापाको पनि अभिनय छ ।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको फिल्मलाई आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो । यो फिल्कमको कथासँगै पटकथा पनि लम्साल आफैँले लेखेका छन् ।
निर्माता वसन्त लम्साल हुन् । अनिल बुढाथोकी कार्यकारी निर्माता रहेको फिल्मका लाइन प्रोड्युसर अर्जुन पौडेल हुने भने सह-निर्माता कृष्ण काफ्ले हुन् ।
प्रतिक्रिया 4