+
+
Shares

कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता हुँदै, यस्तो छ चहलपहल (तस्वीरहरू)

अहिले मनोनयन फारम लिएर भर्ने काम भइरहेको छ । आज अपराह्न ४ बजेसम्म उम्मेदवारीका लागि मनोनयन दर्ता हुनेछ । भोलि मात्रै उम्मेदवारको नामावली प्रकाशित गरिनेछ ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८३ असोज २० गते १३:११

२० असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमितिका लागि उम्मेदवारी दर्ताको काम भइरहेको छ ।

अहिले उम्मेदवारका आकांक्षीहरुलाई मनोनयन फारम वितरण र भर्ने काम भइरहेको छ । निर्वाचन समितिले राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरी फारम वितरण गरिरहेको छ ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटवालका अनुसार बिहान १० बजेदेखि नै फारम वितरणको काम भइरहेको छ।

यसपटक  सात हजार ११४ महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व छान्दैछन् । महाधिवेशन प्रतिनिधिहरूको नामावली राष्ट्रिय सभागृहको भित्री पर्खालमा टाँसिएको छ।

उम्मेदवारी दिनेले सभागृहभित्रै प्रभु बैंकका कर्मचारीलाई निर्धारण गरिएको रकम बुझाएपछि फारम लिइरहेका छन् ।

अपराह्न ४ बजेसम्म उम्मेदवारीका लागि मनोनयन दर्ता हुनेछ ।

कांग्रेसले केन्द्रीय कार्यसमितिको आकार १६७ बाट बढाएर २९७ सदस्यीय बनाएको छ । सोमबार संशोधित विधान पारित गरी पदाधिकारी संख्या १४ बाट बढाएर २६ पु‍र्‍याएको छ ।

नयाँ व्यवस्थाअनुसार एक वरिष्ठ उपसभापति र एक महिला उपसभापति थपिएको छ । उपसभापति संख्या चार पुगेको छ । महामन्त्रीको संख्या तीन पु‍र्‍याइएको छ । एक महिला महामन्त्री अनिवार्य गरिएको छ ।

दुई खुला सहमहामन्त्री थपिएका छन् । यससँगै सहमहामन्त्रीको संख्या ११ पुगेको छ । प्रवक्ता पद पनि थप गरिएको छ । आवश्यक्ताका आधारमा सहप्रवक्ताको संख्या अझै थप हुने पार्टीले बताएको छ ।

यसअघि १४औं महाधिवेशनमा कांग्रेसको केन्द्रीय कार्यसमिति १६७ सदस्यीय थियो । पदाधिकारी संख्या १४ थियो ।

यसपटक प्रतिनिधि संख्या र समावेशी सहभागिता बढेसँगै केन्द्रीय कार्यसमितिको आकार र पदाधिकारी संख्या पनि बढाइएको कांग्रेसले जनाएको छ ।

कांग्रेस १५औँ महाधिवेशन विशेष
लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?