+
+
Shares

देवराज चालिसेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारीको घोषणा

चालिसेले आफू १४ औं महाधिवेशनमा सहमहामन्त्रीको उम्मेदवार बनेको र विशेष महाधिवेशनपछि प्रवक्ताको जिम्मेवारी सम्हालिसकेकाले अब उपसभापतिमा उम्मेदवार बन्ने बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १९ गते २०:४०

१९ असोज, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले १५ औं महाधिवेशनमा उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

प्रवक्ता चालिसेले खुला मञ्चमा केही पत्रकारहरूसँग कुराकानी गर्दै आफूले उपसभापतिमा उम्मेदवारी दिने बताएका हुन् ।

चालिसेले आफू १४ औं महाधिवेशनमा सहमहामन्त्रीको उम्मेदवार बनेको र विशेष महाधिवेशनपछि प्रवक्ताको जिम्मेवारी सम्हालिसकेकाले अब उपसभापतिमा उम्मेदवार बन्ने बताए ।

‘मैले उपसभापतिमा उम्मेदवारी दिने हो,’ उनले भने, ‘प्रवक्ता भइसकेपछि उपसभापति हुने मेरो चाहना छ । महाधिवेशन प्रतिनिधिहरूले मेरो चाहना पूरा गरिदिनुहुनेछ भने मेरो विश्वास छ ।’

कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?