+
+
Shares

कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीले गरे उम्मेदवारी घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १९ गते १९:३३

१९ असोज, काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि श्यामकृष्ण खड्गीले उम्मेदवारी घोषणा गरेका छन् ।

उनले भृकुटीमण्डपस्थित जारी महाधिवेशनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै आफूले सभापतिको लागि उम्मेदवारी दिने घोषणा गरे ।

‘नेपाली कांग्रेसको सभापतिको लागि आफूलाई योग्य जस्तो सम्झिएर मैले उम्मेदवारी घोषणा गरेको छु,’ उनले भनेका छन् ।

खड्गी काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ बाट प्रतिनिधि छन् ।

उनले आफू ४० वर्षदेखि नेविसंघको राजनीति सुरु गरेर अनवरत रुपमा नेपाली कांग्रेसको कार्यकर्ता रहेको, देशमा लोकतन्त्र स्थापना हुनुपर्ने र विधिको शासन लागू गर्नुपर्ने विषयमा लागिरहेको जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?