+
+
Shares

अर्घाखाँचीमा धेरै भारी, ७ जिल्लामा भारी वर्षा

२४ घण्टाको अवधिमा १०० देखि २०० मिलिमिटर वर्षा हुनु धेरै भारी वर्षा हो भने ५० देखि १०० मिलिमिटरसम्म वर्षा हुनुलाई भारी वर्षा भएको मानिन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २१ गते १४:०९

२१ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा खर्घाखाँचीमा सबैभन्दा धेरै वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार समाचार तयार पार्दासम्म अर्घाखाँचीमा धेरै भारी वर्षा भएको छ । अर्घाखाँचीको सिमलपानीमा १००.४ मिलिमिटर वर्षा भएको छ ।

२४ घण्टाको अवधिमा १०० देखि २०० मिलिमिटर वर्षा हुनु धेरै भारी वर्षा हो भने २०० मिलिमिटर भन्दा धेरै वर्षा हुनुलाई अति भारी वर्षा मानिन्छ । यस्तै, ५० देखि १०० मिलिमिटर वर्षा हुनुलाई भारी वर्षा भएको मानिन्छ । १० देखि ५० मिलिमिटर वर्षा मापन भयो भने मध्यम वर्षा भनिन्छ ।

चितवन, रोल्पा, बर्दिया, कैलाली, बाँके, कास्की र गोरखामा पनि भारी वर्षा भएको छ । महाशाखाका अनुसार चितवनको गोविन्द बस्तीमा ८३, नारायणीमा ५६, रोल्पाdf ७७, बर्दियाको औरही खोलाको केन्द्रमा ७१.२, दौलतपुरमा ६३.८, कैलालीको धनगढी विमानस्थलमा ६४.४, कास्कीको मालेपाटनमा ६७, पोखरा मापन केन्द्रमा ५३, बाँकेको खजुरामा ५८.४ र गोरखा ५२ मिलिमिटर वर्षा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?