+
+
Shares

कांग्रेस महाधिवेशन : फेरि सर्‍यो मतदानको समय, २ बजेबाट सुरु हुने

अहिले पुन: २ बजेबाट मतदान हुनेगरी निर्वाचन समितिले पदाधिकारीका उम्मेदवारहरूसँग सहमति गरेको उपसभापतिका समावेशी उम्मेदवार रन्जित कर्णले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २२ गते १२:५६

२२ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानको समय फेरि सरेको छ ।

मतदानको सम्पूर्ण तयारी पूरा नभएसँगै दिउँसो १ बजेका लागि तय भएको मतदानको समय पुन: सरेको हो ।

महाधिवेशन सुरु भएको आज पाँचौँ दिनमा मतदान हुन लागेको हो । आज बिहान १० बजेबाट मतदान सुरु हुने भनिएको थियो ।

यद्यपि निर्वाचन समितिले दिउँसो १ बजेसम्मका लागि मतदानको समय सारेको थियो । अहिले पुन: २ बजेबाट मतदान हुनेगरी निर्वाचन समितिले पदाधिकारीका उम्मेदवारहरूसँग सहमति गरेको उपसभापतिका समावेशी उम्मेदवार रन्जित कर्णले जानकारी दिए ।

कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?