+
+
Shares

कांग्रेस महाधिवेशन : पत्रकारलाई खुलामञ्च र राष्ट्रिय सभागृह प्रवेशमा रोक

यता मतदान सुरु हुनुअघि खुलामञ्च र राष्ट्रिय सभागृहमा सुरक्षा कडा पारिएको छ । जहाँ पत्रकारलाई समेत प्रवेशमा रोक लगाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २२ गते १५:०५

२२ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमिति चयनका लागि मतदान हुने कार्यक्रम छ । दिउँसो साढे २ बजेबाट मतदान सुरु गर्ने भनिए पनि अहिलेसम्म सुरु भएको छैन ।

यता मतदान सुरु हुनुअघि खुलामञ्च र राष्ट्रिय सभागृहमा सुरक्षा कडा पारिएको छ । जहाँ पत्रकारलाई समेत प्रवेशमा रोक लगाइएको छ ।

कांग्रेसका महाधिवेशन प्रतिनिधिलाई पनि अहिलेसम्म दुवै ठाउँमा प्रवेश गर्न दिइएको छैन ।

मतदान स्थलमा अहिले बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ ।

कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?