+
+
Shares

स्ववियुकी ‘म्यान अफ द इलेक्सन’ २१ वर्षीया सरिता कांग्रेसको प्रदेश प्रतिनिधिमा निर्विरोध

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १० गते १२:२१

१० असोज, काठमाडौं । कैलालीको धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन (२०८१) मा ‘म्यान अफ द इलेक्सन’ भएकी २१ वर्षीया सरिता भट्ट नेपाली कांग्रेसको प्रदेश प्रतिनिधिमा निर्वाचित भएकी छन् ।

बैतडीको मैलाली नगरपालिका–२ बाट क्षेत्रीय प्रतिनिधि बनेकी सरिता शुक्रबार सम्पन्न प्रदेश सभा (ख) अधिवेशनबाट निर्वारोध प्रदेश प्रतिनिधिमा निर्वाचित भएकी हुन् ।

सरिता प्रदेश सभा क्षेत्रीय अधिवेशनबाट ३५ वर्षमुनिको समूहबाट प्रदेश प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएकी जिल्ला निर्वाचन समितिले जनाएको छ ।

प्रदेश प्रतिनिधिमा निर्वाचित भएपछि सरिताले कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशनमा ३५ वर्षमुनिको समूहबाट प्रदेश सदस्यमा उम्मेदवारी दिने प्रतिक्रिया दिएकी छन् ।

तथापि, कांग्रेसले १५ औं महाधिवेशनअन्तर्गत अहिले जिल्ला र प्रदेश अधिवेशन भने नगर्ने भएको छ । केन्द्रीय महाधिवेशनपछि मात्रै जिल्ला र प्रदेश अधिवेशन गरेर नेतृत्व चयन गर्ने कांग्रेसको तयारी छ ।

सरिता २०८१ चैतमा सम्पन्न स्ववियु निर्वाचनमा सर्वाधिक (८६५) मत ल्याएर ‘म्यान अफ द इलेक्सन’ भएकी थिइन् । उनी कैलाली बहुमुखी क्याम्पसमा स्नातक तह मानविकी संकायअन्तर्गत ‘पोलिटेक्निकल साइन्स एण्ड जर्नालिजम’ अध्ययन गरिरहेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?