+
+
Shares

कांग्रेस महाधिवेशन : दिउँसो साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २३ गते १३:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि काठमाडौंमा मतदान भइरहेको छ, र सभापतिसहित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य छनोट गरिँदैछ।
  • केन्द्रीय निर्वाचन समितिका अनुसार शुक्रबार दिउँसो साढे १२ बजेसम्म २ हजार ६४४ मत खसेको छ।
  • बिहान ७ बजे सुरु हुने भनिएको मतदान करिब १ घण्टा ढिला गरी सुरू भएको थियो, र बागमतीका प्रतिनिधिले राष्ट्रिय सभा गृहमा मतदान गरिरहेका छन्।

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि अहिले मतदान भइरहेको छ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार शुक्रबार दिउँसो साढे १२ बजेसम्म २ हजार ६४४ मत खसेको छ।

बिहान ७ बजे सुरु हुने भनिएको मतदान करिब एक घण्टा ढिला गरी सुरु भएको थियो ।

मिडिया सेन्टरका प्रमुख जीवन भण्डारीका अनुसार कोशी प्रदेशबाट ४१०, सुदूरपश्चिम र कर्णालीबाट ६०६, लुम्बिनीबाट ३८९, गण्डकीबाट ३३०, बागमतीबाट ४८७ र मधेश प्रदेशबाट ४२२ मत खसेको छ।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा महाधिवेशन प्रतिनिधिहरूले सभापतिसहित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य चयन गर्न मतदान गरिरहेका छन् ।

मतदानका लागि खुलामञ्चमा ६ प्रदेश र विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट निर्वाचित भएर आएका महाधिवेशन प्रतिनिधि र प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा बागमती प्रदेशका प्रतिनिधिहरूले मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?