+
+
Shares

कीर्तिपुरमा नेपथ्यसँग झुम्ने दिन

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २३ गते १४:४६
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपथ्यले २४ असोजमा कीर्तिपुरस्थित ल्याब्रोटरी स्कुलको मैदानमा ‘नेपथ्य लाइभ इन कीर्तिपुर’ कन्सर्ट गर्ने भएको छ।

२३ असोज, काठमाडौं । नेपाली सांगीतमा एउटा गर्विलो नाम हो – नेपथ्य । आफ्ना थुप्रै कालजयी सिर्जनामार्फत दशकौंदेखि नेपाली श्रोता दर्शकको धड्कनमा बस्न सफल यो ब्यान्डको काठमाडौंमा कन्सर्ट भने विरलै हुने गर्छ । तर, अब नेपथ्य फ्यानका लागि खुसीको खबर छ । ब्यान्डले भोलि अर्थात् २४ असोजमा कीर्तिपुरमा धमाकेदार उपस्थिति जनाउने भएको छ ।

रमाइलो इभेन्ट म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा हुन लागेको ‘नेपथ्य लाइभ इन कीर्तिपुर’ ले लामो समयपछि काठमाडौं उपत्यकाका सङ्गीतप्रेमीहरूलाई एउटै लय र ऊर्जामा झुमाउने निश्चित छ ।

कीर्तिपुरस्थित ल्याब्रोटरी स्कुलको फराकिलो मैदानमा आयोजना हुने यस भव्य कन्सर्ट साँझको ६:०० बजेबाट सुरु हुनेछ । साँझ ४:१५ बजेदेखि नै गेट १ र गेट २ बाट दर्शकहरूका लागि प्रवेश खुला गरिने आयोजकले जानकारी दिएका छन् ।

ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्त्विक दृष्टिकोणले विशेष महत्त्व बोकेको कीर्तिपुरमा नेपथ्यका गीतहरू गुञ्जिरहँदा यहाँको वातावरण साँच्चिकै सांगीतिक र उल्लासमय बन्ने छ । बहुपुस्ताका प्रिय सङ्गीत साधकहरूको यो प्रत्यक्ष प्रस्तुति दर्शकका लागि एउटा यादगार सांगीतिक उत्सव बन्ने अपेक्षा गरिएको छ ।

यसै विशेष मञ्चबाट नेपालको पर्यटन, संस्कृति र सम्पदालाई डिजिटल प्रविधिमार्फत विश्वभर फैलाउने उद्देश्यका साथ गौरवता नेपालको औपचारिक लन्च समेत गरिनेछ ।

डिजिटल गेटवे टु नेपालको अवधारणा बोकेको गौरवता नेपालले हाम्रो प्राकृतिक तथा सांस्कृतिक धरोहरलाई अन्तर्राष्ट्रिय जगतमा अझ मजबुत रूपमा चिनाउने लक्ष्य लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?