टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोगानले होर्मुज जलमार्गमा अवरुद्ध आवागमन पुन: सञ्चालन गर्न महिनौँदेखि गरिएका प्रयास सफल हुन नसकेको भन्दै दु:ख व्यक्त गरेका छन् । इस्तानबुलमा आयोजित अन्तर्राष्ट्रिय न्याय सम्मेलनलाई सम्बोधन गर्दै एर्दोगानले त्यसबारे दु:ख व्यक्त गरेका हुन् ।
उनले अन्तर्राष्ट्रिय सम्झौताहरूको बेवास्ता बढ्दैगएको र अन्तर्राष्ट्रिय अदालतका निर्णयसमेत कार्यान्वयन हुन छाडेको भन्दै चिन्ता व्यक्त गरे ।
‘अन्तर्राष्ट्रिय सम्झौताहरूले आफ्नो प्रभावकारिता गुमाएका छन् । त्यसैगरी, अन्तर्राष्ट्रिय अदालतबाट जारी गरिएका निर्णयहरू पनि अब कार्यान्वयन हुन छाडेका छन्,’ एर्दोगानले भने ।
उनले वर्तमान विश्व व्यवस्थाको पनि आलोचना गरे । उनले संयुक्त राष्ट्रसंघको प्रणालीले अन्तर्राष्ट्रिय समुदायको इच्छालाई प्रतिबिम्बित गर्न नसके त्यसलाई वैध र न्यायोचित मान्न नसकिने चेतावनी दिए ।
प्रतिक्रिया 4