News Summary
Generated by OK AI. Editorially reviewed.- ललितपुर जिल्ला अदालतले एन्फा अध्यक्ष पंकजबिक्रम नेम्वाङ र महासचिव किरण राईविरुद्ध पक्राउ पुर्जी जारी गर्न आदेश दिएको छ।
- अदालतले पक्राउ परेका कोषाध्यक्ष रविन्द्र जोशीलाई १५ लाख र लेखा अधिकृत सञ्जीव पाण्डेलाई १२ लाख धरौटीमा छोड्न आदेश दिएको छ।
- सीआईबीको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले चार जनाविरुद्ध बिहीबार मुद्दा दायर गरेको थियो।
२३ असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजबिक्रम नेम्वाङ र महासचिव किरण राईलाई पक्राउ गर्न ललितपुर जिल्ला अदालतले आदेश दिएको छ ।
जिल्ला न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईविरुद्द पक्राउ पुर्जी जारी गर्न आदेश दिएको ललितपुर अदालतका सूचना अधिकारी टिकाध्वज कार्कीले जानकारी दिए।
सोही इजलासले पक्राउ परेका कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई धरौटीमा छोड्न आदेश दिएको हो । कोषाध्यक्ष रविन्द्रलाई १५ लाख र लेखा अधिकृत पाण्डेलाई १२ लाख धरौटीमा छाड्न दियो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले केही दिनअघि रविन्द्र र पाण्डेलाई पक्राउ गरेको थियो। सीआईबीको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले अध्यक्ष नेम्वाङ र महासचिव राईसहित ४ जनालाई प्रतिवादी बनाउदै बिहीबार जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको थियो।
प्रतिक्रिया 4