+

एसियन गेम्समा पदक विजेता खेलाडी र प्रशिक्षकलाई नगद पुरस्कार दिने सरकारको निर्णय

२०८३ असोज  २३ गते १७:०० २०८३ असोज २३ गते १७:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले आइची नागोयामा सम्पन्न २०औँ एसियाली खेलकुदमा पदक जित्ने महिला कबड्डी टोली र कराते खेलाडीलाई नगद पुरस्कार दिने निर्णय गरेको छ।
  • कांस्य पदक विजेता करातेका तेन्जिङ शेर्पाले १३ लाख रुपैयाँ र उनका प्रशिक्षकले २ लाख ६० हजार रुपैयाँ पाउनेछन्।
  • महिला कबड्डी टोलीका खेलाडीले जनही ३ लाख ९० हजार रुपैयाँ, प्रशिक्षकले २ लाख ६० हजार रुपैयाँ र सहायक प्रशिक्षकले १ लाख ३० हजार रुपैयाँ पाउने व्यवस्था छ।

२३ असोज, काठमाडौं । सरकारले जापानको आइची नागोयामा सम्पन्न २०औं एसियाली खेलकुदमा पदक जित्ने खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले एसियाली खेलकुदमा पदक जितेका खेलाडी, प्रशिक्षक, व्यवस्थापकलाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको हो ।

जसअनुसार २०औं एसियन गेम्समा कांस्य पदक जितेका कराते खेलाडी तेन्जिङ शेर्पा र महिला कबड्डी टोलीका खेलाडी तथा प्रशिक्षकलाई नगद पुरस्कार प्रदान गरिनेछ ।

खेलकुद विकास नियमावलीअनुसार एसियन गेम्सको व्यक्तिगत प्रतिस्पर्धामा कांस्य पदक जित्ने खेलाडीले १३ लाख रुपैयाँ र उनका प्रशिक्षकले २ लाख ६० हजार रुपैयाँ पुरस्कार पाउने व्यवस्था छ ।

त्यस्तै, सामूहिक प्रतिस्पर्धामा कांस्य पदक जित्ने खेलाडीले जनही ३ लाख ९० हजार रुपैयाँ र प्रशिक्षकले २ लाख ६० हजार रुपैयाँ पाउने व्यवस्था छ ।

यसअनुसार करातेका तेन्जिङ शेर्पाले १३ लाख रुपैयाँ तथा उनका प्रशिक्षकले २ लाख ६० हजार रुपैयाँ पाउनेछन् । महिला कबड्डी टोलीका खेलाडीले जनही ३ लाख ९० हजार रुपैयाँ र प्रशिक्षकले २ लाख ६० हजार रुपैयाँ पाउनेछन् ।

सहायक प्रशिक्षक एवं व्यवस्थापकलाई १ लाख ३० हजार पुरस्कार दिने व्यवस्था छ ।

२०औं एसियन गेम्स पदक विजेता खेलाडी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय