+

नेपाली क्रिकेट टोली लिग २ को शीर्ष चारमा नपर्ने पक्का, प्लेअफ खेल्ने

२०८३ असोज  २३ गते १८:४२ २०८३ असोज २३ गते १८:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ओमानले क्यानडालाई हराएपछि नेपाली क्रिकेट टोली आईसीसी क्रिकेट विश्वकप लिग २ को शीर्ष ४ मा पर्न नसक्ने भएको छ।
  • नेपालले अब सिधै विश्वकप छनोट खेल्न नपाउने भएपछि प्लेअफमार्फत यात्रा तय गर्नुपर्नेछ।
  • नेपाल ३२ खेलमा २४ अंकसहित सातौं स्थानमा छ, र सबै खेल जित्दा पनि अधिकतम ३२ अंक मात्र पुग्नेछ।

२३ असोज, काठमाडौं । नेपाली क्रिकेट टोली आईसीसी क्रिकेट विश्वकप २ लिग को शीर्ष ४ मा नपर्ने पक्का भएको छ ।

शुक्रबार भएको लिग २ अन्तर्गतको खेलमा ओमानले क्यानडालाई हराएसँगै नेपाल शीर्ष ४ मा पर्ने सम्भावना सकिएको हो । नेपालले अब सिधै विश्वकप छनोट खेल्न पाउने छैन ।

नेपाली टोलीले अब प्लेअफ मार्फत विश्वकप छनोटको यात्रा तय गर्नुपर्नेछ । यसअघि नेपाल शीर्ष ४ भित्रै रहेर छनोट खेलेको थियो ।

क्यानडालाई हराएपछि ओमानको २९ खेलबाट ३३ अंक भएको छ । नेपालको ३२ खेलबाट २४ अंक छ र नेपाल सबै खेल जित्दा पनि अधिकतम ३२ अंकसम्म मात्र पुग्न सक्छ ।

लिग २ को अंकतालिकामा शीर्ष ३ टोलीको टुङ्गो यसअघि नै लागिसकेको छ । अमेरिका ३४ खेलबाट ४७ अंकसहित लिग २ को च्याम्पियन बनिसकेको छ । स्कटल्यान्डको ३६ खेलबाट ४५ अंक छ भने नेदरल्यान्ड्सको ३२ खेलबाट ३८ अंक छ ।

चौथो स्थानको ओमानको २९ खेलबाट ३३ अंक, पाँचौंको नामिबियाको ३४ खेलबाट २९ अंक, छैटौंको क्यानडाको ३३ खेलबाट २५ अंक छ । नेपाल ३२ खेलमा २४ अंकसहित सातौंमा छ भने यूएई ३० खेलबाट १९ अंकसहित आठौंमा छ ।

लिग २ मा अहिले अमेरिका, नामिबिया र यूएईबीचको शृङ्खला पनि भइरहेको छ । आजै राति नामिबिया र यूएईबीच पनि खेल हुँदै छ ।

नेपालले भने आइतबार क्यानडासँग खेल्नेछ ।

नेपाली क्रिकेट टोली लिग २ क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय