News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा हिमालय स्पोर्ट्सको ‘रेड बुल क्रिकेट लाइभ’ का प्रस्तोता नवनीत कृष्ण हुने भएका छन्।
- हिमालय स्पोर्ट्सले शुक्रबार कृष्णलाई सार्वजनिक गरेको हो, र उनले यसअघि स्टार स्पोर्ट्समा आईसीसी पुरुष टी–२० विश्वकपलगायत क्रिकेट कार्यक्रम सञ्चालन गरेका थिए।
- कार्यक्रममा कृष्णले क्रिकेटका व्यक्तित्वसहितको विज्ञ प्यानलसँग खेलअघिको तयारी, टोलीको रणनीति र खेलपछिको समीक्षा गर्नेछन्।
२३ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत हिमालय स्पोर्ट्सबाट खेलअघि र खेलपछि प्रसारण हुने कार्यक्रम ‘रेड बुल क्रिकेट लाइभ’ को प्रस्तोताका रूपमा नवनीत कृष्ण घोषणा भएका छन् ।
हिमालय स्पोर्ट्सले शुक्रबार कृष्णलाई कार्यक्रमको प्रस्तोताका रूपमा सार्वजनिक गरेको हो । खेल प्रस्तोता तथा कमेन्टेटर कृष्णले यसअघि स्टार स्पोर्ट्समा आईसीसी पुरुष टी–२० विश्वकपसहित विभिन्न क्रिकेट कार्यक्रम सञ्चालन गरिसकेका छन् । उनी रोयल च्यालेन्जर्स बेंगलुरुको ‘ट्वेल्थ म्यान टीभी’ का पूर्वप्रस्तोतासमेत हुन् ।
कृष्णले आफ्नो प्रसारण करियरको सुरुवाती चरणमा नेपालको एभरेस्ट प्रिमियर लिगमा कमेन्ट्री गरेका थिए । एनपीएलको नयाँ सिजनसँगै उनी पुनः नेपाली क्रिकेटसँग जोडिने भएका छन् ।
‘रेड बुल क्रिकेट लाइभ’मा कृष्णले क्रिकेटका चर्चित व्यक्तित्वहरू सम्मिलित विज्ञ प्यानलसँग संवाद सञ्चालन गर्नेछन् । कार्यक्रममा खेलअघिको तयारी, टोलीको रणनीति र खेलको सम्भावनाबारे चर्चा गरिनेछ। खेलपछि प्रदर्शनको समीक्षा, उत्कृष्ट खेलाडीका प्रदर्शन र प्रतियोगिताका प्रमुख घटनाक्रममाथि पनि विश्लेषण हुनेछ ।
हिमालय स्पोर्ट्सले प्रत्यक्ष खेल प्रसारणसँगै दर्शकलाई खेलको थप विश्लेषण र मनोरञ्जन प्रदान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ ।
‘रेड बुल क्रिकेट लाइभ, इन एसोसिएसन विथ बजाज पल्सर’ एनपीएलका खेलअघि र खेलपछि हिमालय स्पोर्ट्समा प्रसारण हुनेछ ।
प्रतिक्रिया 4