News Summary
Generated by OK AI. Editorially reviewed.- ललितपुर जिल्ला अदालतले एन्फाका कोषाध्यक्ष रविन्द्र जोशीलाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।
- अदालतले लेखा अधिकृत सञ्जीव पाण्डेलाई १२ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।
- सीआईबीले केही दिनअघि जोशी र पाण्डेलाई पक्राउ गरेको थियो, र सरकारी वकिल कार्यालयले बिहीबार मुद्दा दायर गरेको थियो।
२३ असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई धरौटीमा छोड्न ललितपुर जिल्ला अदालतले आदेश दिएको छ।
जिल्ला न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले कोषाध्यक्ष जोशीलाई १५ लाख र लेखा अधिकृत पाण्डेलाई १२ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी टिकाध्वज कार्कीले जानकारी दिए।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले केही दिनअघि जोशी र पाण्डेलाई पक्राउ गरेको थियो। सीआईबीको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले बिहीबार अदालतमा मुद्दा दायर गरेको थियो।
प्रतिक्रिया 4