२३ असोज, काठमाडौं । पोखरा महानगरपालिका–२८ मा भएको विद्यालय बस दुर्घटनाको छानबिन गर्न शिक्षा तथा खेलकुद मन्त्रालयले समिति बनाएको छ ।
शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले छानबिन समिति बनाएको जानकारी दिएको छ ।
‘घटनाको सत्यतथ्य बुझ्न र आगामी दिनमा यस्ता घटना हुन नदिन शिक्षा विकास तथा समन्वय इकाइ, कास्कीका प्रमुखको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा दुर्घटनामा परी घाइते भएका विद्यार्थी तथा अन्य नागरिकहरूको नि:शुल्क र प्रभावकारी उपचारको सम्पूर्ण व्यवस्था मिलाइएको पनि उल्लेख छ ।
यस्तै, घाइतेहरूको उपचारमा कुनै पनि किसिमको कमी हुन नदिन मन्त्रालयले स्थानीय प्रशासन र सम्बन्धित अस्पतालहरूसँग निरन्तर समन्वय गरिरहेको भनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4