+
+
Shares

७ बजेसम्म पनि सकिएन कांग्रेसको मतदान, लाइन लागेकाले भोट हाल्न पाउने

दोस्रो पटक थपिएको ७ बजेको समय पनि घर्किसकेको छ । यद्यपि मतदान भने सकिएन । अझैं राष्ट्रिय सभागृह र खुलामञ्चमा गरी करिब ५०० प्रतिनिधिले मतदान गर्न बाँकी छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २३ गते १९:१९

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि जारी मतदान दोस्रो पटक थपिएको समयमा पनि सकिएको छैन ।

बिहानैदेखि सुरु भएको मतदान सुरुमा दिउँसो ३ बजेसम्मको समय तय भएको थियो । तर, निर्धारित समयमा नसकिने देखिएपछि दुई घण्टा थप्दै साँझ ५ बजेसम्मको समय निर्धारण गरिएको थियो ।

थपिएको समयमा पनि सम्भव भएन । त्यसपछि दोस्रो पटक दुई घण्टा थपेर अहिले राति ७ बजेसम्मका लागि निर्धारण गरिएको थियो ।

तर, दोस्रो पटक थपिएको ७ बजेको समय पनि घर्किसकेको छ । यद्यपि मतदान भने सकिएन । अझैं राष्ट्रिय सभागृह र खुलामञ्चमा गरी करिब ५०० प्रतिनिधिले मतदान गर्न बाँकी छ ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले मतदानको निर्धारित समय सकिएपनि लाइनमा लागेका सबै प्रतिनिधिले मतदान गर्न पाउने जानकारी दिएका छन् ।

हालसम्म गण्डकी प्रदेशको मात्रै मतदान सकिएको छ । बाँकी ६ प्रदेश र जनसम्पर्क समितिका प्रतिनिधिहरूको मतदान भने अझैं जारी छ ।

कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?