+
+
Shares

गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित

सभापति निर्वाचित भएका थापाले ६ हजार ५८४ मत प्राप्त गरेका छन् । त्यस्तै थापासँग प्रतिस्पर्धामा उत्रिएका श्यामकृष्ण खड्गीले भने ३७५ मत पाप्त गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २४ गते ४:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन् ।
  • काठमाडौंको राष्ट्रिय सभा गृहमा भएको मतगणनामा थापाले ६ हजार ५८४ मत र श्यामकृष्ण खड्गीले ३७५ मत पाए ।
  • निर्वाचन समितिका अनुसार ७ हजार ३१७ प्रतिनिधिमध्ये ७ हजार ३९ जनाले मतदान गरेका थिए र ५४ मत बदर भएका थिए ।

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित भएका छन् ।

१५ औं महाधिवेशन अन्तर्गत शुक्रबार मतदान भएको थियो । लगत्तै राति अबेरबाट काठमाडौंको राष्ट्रिय सभा गृहमा भएको मतगणना भर्खरैमात्रै सकिएको महाधिवेशनको मिडिया सेन्टरका सदस्य महेश गौतमले जानकारी दिए ।

उनका अनुसार, सभापति निर्वाचित भएका थापाले ६ हजार ५८४ मत प्राप्त गरेका छन् । त्यस्तै थापासँग प्रतिस्पर्धामा उत्रिएका श्यामकृष्ण खड्गीले भने ३७५ मत पाप्त गरेका छन् । जसमा कुल ५४ मत बदर भएको थियो ।

७ हजार ३ सय १७ जना महाधिवेशन प्रतिनिधि रहेकोमा ७ हजार ३९ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।

सभापति बाहेकका मतपेटिका भने पार्टी कार्यालय सानेपा लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?